बलात्कार आरोपमा प्रहरी जवान पक्राउ, सामाजिक सञ्जालमा ‘पत्नी’ भन्दै पोस्ट
2 दिन पहिले प्रकाशित

काठमाडौँ, श्रावण १४ गते । बलात्कार आरोपमा प्रहरी प्रधान कार्यालयमा कार्यरत एक जवान पक्राउ परेका छन्। सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत बाजुरा निवासी प्रहरी जवान मानबहादुर विकलाई मंगलबार ललितपुरको हात्तीवनस्थित डेराबाट पक्राउ गरिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
विकले कालिकोट घर भएकी २६ वर्षीया विवाहित महिलालाई बलात्कार गरेको आरोप लागेको छ। पीडित महिलाले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो। घटनापछि विकले सामाजिक सञ्जालमा ती महिलालाई आफ्नी पत्नी भएको दाबी गर्दै पोस्ट समेत गरेका थिए। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।
कमेन्ट गर्नुहोस्
view comments