बागमती प्रदेशका खानेपानी मन्त्री श्याम बहादुर खड्काको राजीनामा, कांग्रेसभित्र शक्ति सन्तुलन बदलिने संकेत

1 दिन पहिले प्रकाशित

काठमाडौं, श्रावण १३ गते । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम बहादुर खड्काले मंगलबार मुख्यमन्त्री बहादुर सिंह लामासमक्ष राजीनामा बुझाएका छन्। कांग्रेस संसदीय दलमा लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावको सन्दर्भमा मत विभाजनको तयारी भइरहेका बेला खड्काले मन्त्री पद त्याग गर्दै आफू सांसद इन्द्रबहादुर बानियाँको पक्षमा उभिने घोषणा गरेका हुन्। उल्लेखनीय छ, २०७९ पुसमा भएको दलको निर्वाचनमा उनले लामालाई समर्थन गरेका थिए।

खड्कासहित हालसम्म पाँच जना कांग्रेस मन्त्रीले राजीनामा दिँदै बानियाँलाई समर्थन गर्ने सार्वजनिक रूपमा बताएका छन्। यसअघि सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पनि राजीनामा दिइसकेका छन्। बागमतीमा कांग्रेसका ३७ सिट रहेको अवस्थामा अब लामालाई हटाएर बानियाँलाई संसदीय दलको नेता बनाउने रणनीति स्पष्ट हुँदै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?