सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा ६ कम्पनी कालोसूचीमा
2 दिन पहिले प्रकाशित

काठमाडौं , श्रावण ९ गते । । सार्वजनिक खरिद अनुगमन कार्यालयले शुक्रबार ६ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई विभिन्न निकायको सिफारिसका आधारमा कालोसूचीमा राखेको छ। वीरगन्जको जिबी मेटल क्राफ्ट इन्डस्ट्रिज एन्ड सप्लायर्स प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा परेको छ, भने धनुषाको एस.डी कन्स्ट्रक्सन, काठमाडौंको शर्मा धुलिखेल जेभी, जाजरकोटको भेरी नदी निर्माण सेवा एन्ड प्रनव सप्लायर्स, काठमाडौंकै डल्लुको आकाश कन्स्ट्रक्सन, र पाल्पाको विपीन कन्स्ट्रक्सनलाई एक(एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
यो कदमले निर्माण र आपूर्ति क्षेत्रमा पारदर्शिता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। कालोसूचीमा परेका कम्पनीहरूले अब तोकिएको अवधिभर सार्वजनिक खरिदमा भाग लिन नपाउने भएका छन्, जसले गुणस्तरहीन काम र अनियमितताको नियन्त्रणमा सहयोग पुग्न सक्ने देखिन्छ।
कमेन्ट गर्नुहोस्
view comments