५ लाख फिर्ता नपाएपछि सासुको घाँटी रेटेर हत्या
4 दिन पहिले प्रकाशित

एजेन्सी,श्रावण ८ गते । महाराष्ट्रको नागपुरमा दिउँसोको समयमा एक महिलाको हत्या गर्ने आरोपी उनका आफ्नै ज्वाइँ (दामाद) भएको खुलासा भएको छ। बुधबार घटेको घटनामा ५ लाख रुपैयाँ फिर्ता नपाएको रिसमा ज्वाइँले सासुको बीच सडकमा घाँटी रेटेर हत्या गरेका हुन्। प्रहरीले हत्या आरोपी मुस्तफा खान मोहम्मद खानलाई पक्राउ गरेको छ।
प्रारम्भिक अनुसन्धान अनुसार, मुस्तफा खानले आफ्नी सास माया पसेरकरलाई ५ लाख रुपैयाँ ऋण दिएका थिए। तर माया ती रकम फिर्ता गर्न आनाकानी गरिरहेकी थिइन्। यही विवादले उनीहरूबीच पछिल्ला दिनमा झगडा चुलिएको थियो। बुधबार पनि झगडा भएपछि मुस्तफाले नजिकको पसलबाट चाकू किनेर, कामबाट फर्किरहेकी सासको पछाडि लागे र सडकमै उनको घाँटी रेटेर हत्या गरे। घटना सीसीटीभीमा कैद भएको छ।
हाल मुस्तफाविरुद्ध सीताबर्डी प्रहरी चौकीमा हत्या मुद्दा दर्ता गरिएको छ र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments