बिहार विधानसभामा SIR विषयमा ताते तेजस्वी यादव, भने – 'घुसपैठको लागि नीतीश–मोदी जिम्मेवार'

2 दिन पहिले प्रकाशित

एजेन्सी,श्रावण ८ गते ।  बिहार विधानसभाको मनसुन सत्रको चौथो दिन SIR (स्पेशल इन्टेन्सिभ रिभिजन) अभियानलाई लिएर विपक्षी दलले तीव्र विरोध जनाए। सदनमा विपक्षी नेता तेजस्वी यादवले मुख्यमन्त्री नीतीश कुमार र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति निशाना साध्दै भने कि यदि राज्यमा घुसपैठ भएको छ भने त्यसको जिम्मेवारी यी दुई नेताहरूले लिनुपर्छ। उनले स्मरण गराए कि नीतीश २००५ देखि र मोदी २०१४ देखि सत्तामा छन्, त्यसैले अहिलेको घुसपैठ समस्या यी सरकारकै लापरवाहीको परिणाम हो।

तेजस्वीले निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाए। उनले भने कि निर्वाचन आयोगको काम केवल निर्वाचन गराउनु हो, बाह्य व्यक्ति को हो भन्ने निर्धारण गर्नु उसको अधिकार क्षेत्रमा पर्दैन। उनले आयोगको शपथपत्रमा विदेशीसँग सम्बन्धित कुनै उल्लेख नभएको भन्दै आपत्ति जनाए। साथै, बुधबारको घटनालाई दुर्भाग्यपूर्ण बताउँदै उनले भने, आफू बिहारको विकासका लागि राजनीतिमा आएका हुन् र यो अन्तिम सत्र सबैले मिलेर काम गर्नुपर्ने अवसर हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?