हेन्ली सूचकांक २०२५ : नेपाली पासपोर्ट ९२औं स्थानमा, सिंगापुर शीर्षमा
3 दिन पहिले प्रकाशित

काठमाडौं, श्रावण ८ गते । विश्वका शक्तिशाली राहदानीहरूको सूची सार्वजनिक गर्ने हेन्ली पासपोर्ट सूचकांक २०२५ अनुसार नेपाल ९२औं स्थानमा परेको छ। १०१ देशको सूचीकृत सूचीमा नेपाल अन्तिमबाट नवौं स्थानमा रहँदा, नेपाली राहदानीसँग दक्षिण सुडान र नाइजेरियाको पासपोर्ट पनि समान स्थानमा परेको छ। अघिल्लो वर्ष नेपालको पासपोर्ट ८७औं स्थानमा रहेको थियो।
छिमेकी भारतले सुधार गर्दै ८५औं स्थानबाट ७७औं स्थानमा उक्लिएको छ। यसपटक सिंगापुर सबैभन्दा शक्तिशाली पासपोर्टको रूपमा शीर्ष स्थानमा रहेको छ भने जापान र कोरिया संयुक्त रूपमा दोस्रो स्थानमा छन्। बेलायत छैटौं र अमेरिका १०औं स्थानमा पुगेका छन्। अधिकांश युरोपेली देशहरू तेस्रो र चौथो स्थानमा समावेश छन्।
कमेन्ट गर्नुहोस्
view comments