पक्राउ परेका व्यक्तिका तस्बिर र भिडियो सार्वजनिक नगर्न प्रहरीलाई निर्देशन, परिपत्रमार्फत कार्यान्वयन

3 दिन पहिले प्रकाशित

काठमाडौं, श्रावण ८ गते । प्रहरी प्रधान कार्यालयले अबदेखि कुनै पनि घटनामा पक्राउ परेका व्यक्तिहरूका तस्बिर वा भिडियो पत्रकार सम्मेलनमा वा अन्य सूचना प्रवाहका क्रममा सार्वजनिक नगर्न सबै प्रहरी युनिटहरूलाई परिपत्रमार्फत निर्देशन दिएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त निर्देशनका आधारमा यस्तो निर्णय कार्यान्वयनमा ल्याइएको हो।

प्रवक्ता घिमिरेले असारमै महान्यायाधिवक्ताको कार्यालयले यस्तो निर्देशन दिइसकेको उल्लेख गर्दै त्यसपछि प्रहरी प्रधान कार्यालयले तत्कालै सबै युनिटलाई जानकारी गराएको बताए। यद्यपि, जघन्य अपराध तथा गम्भीर सामाजिक प्रभाव पर्ने अवस्थाहरूमा सम्बन्धित निकायको अनुमति लिएर मात्र तस्बिर वा भिडियो सार्वजनिक गर्न सकिने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?