काठमाडौं,श्रावण ७ गते । काठमाडौंमा दुई दिनसम्म चलेको नेकपा एमाले केन्द्रीय कमिटी बैठक मंगलबार मध्यरातमा सम्पन्न भएको छ। बैठकमा विधान संशोधनलगायत विविध विषयमा छलफल भएको थियो। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अब पार्टी सदस्यता दुई तहमा विभाजन गरिनेछ—साधारण सदस्य र संगठित सदस्य। साथै, केन्द्रीय कमिटीमा १५ पदाधिकारी, पोलिटब्युरो केन्द्रीय सदस्यको एक तिहाइ र २५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव अघि बढाउने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा प्रवेशबारे समेत छलफल भएको थियो, जहाँ उनलाई राजनीति प्रवेश गर्न नदिने निर्णय गरियो। तर यसमा सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापालगायतले असहमति जनाएका छन्। यस्तै, पार्टीमा ७० वर्षको उमेर सीमा र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव विधान महाधिवेशनमा लैजाने निर्णय पनि बैठकले गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments