काठमाडौं, श्रावण ६ गते । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासबीच मंगलबार नयाँ बानेश्वरस्थित निधि निवासमा भेटवार्ता भएको छ। भेटमा मुख्य रूपमा इजरायलमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइ, नेपाल-इजरायल सम्बन्ध, र इजरायलमा नेपाली विद्यार्थीहरूको ‘अर्न एन्ड लर्न’ कार्यक्रमबारे छलफल भएको निधिको सचिवालयले जनाएको छ। निधिले विपीन जोशीलाई प्राथमिकतामा राखी सकुशल रिहाइको लागि पहल गर्न राजदूत बासलाई आग्रह गरे भने राजदूतले हालसम्म उनको अवस्थाबारे कुनै जानकारी नरहेको जानकारी दिए।
भेटमा दुई देशबीचको दीर्घकालीन सम्बन्ध, विशेषगरी सन् १९६० मा स्थापना भएको द्विपक्षीय सम्बन्ध र नेपालले प्यालेस्टिनीलाई पनि मान्यता दिएको विषयमा पनि कुराकानी भएको थियो। निधिले इजरायलले नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति तथा कृषि, श्रम र सुरक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे। त्यस्तै, ‘अर्न एन्ड लर्न’ कार्यक्रम पुनः सञ्चालन गर्न नेपाल तयार रहेको र मधेस प्रदेशमा कृषि क्षेत्रमा लगानीका सम्भावनाबारे सकारात्मक छलफल भएको सचिवालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments