पत्नीले देवरसँग मिलेर पहिला निद्राको चक्की खुवाइन्, पछि करेन्ट दिएर पतिको हत्या गरिन्
6 दिन पहिले प्रकाशित

एजेन्सी, श्रावण ६ गते । पश्चिमी दिल्लीको उत्तम नगरमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ, जहाँ एक महिलाले आफ्नै चचेरे देवरसँग मिलेर पतिलाई योजनाबद्ध तरिकाले हत्या गरेकी छन्। प्रहरीले दिएको जानकारीअनुसार सुष्मिता नामकी महिलाले पहिला आफ्ना पति करण देवलाई झन्डै १५ वटा निद्राको चक्की खुवाइन्। जब उनी बेसाहारा भएर ढले, त्यसपछि सुष्मिताले देवर राहुलसँग मिलेर उनलाई करेन्टको झट्का दिइ हत्या गरिन्। हत्या दुर्घटना देखाउन करणको औँलामा टेप बाँधेर नजिकै बिजुलीको तार राखिएको थियो।
तर सच्चाइ तब बाहिर आयो जब पोस्टमार्टमपछि करणका भाइ कुणाललाई राहुलको मोबाइल फेला पर्यो र त्यसमा सुष्मिता र राहुलबीचको इन्स्टाग्राम च्याट देखे। ती च्याटहरूमा हत्या कसरी गर्ने, कहिले चक्की खुवाउने, करेन्ट कसरी दिने, अनि अरूलाई के भन्नु भन्ने सबै योजना खुलाइएको थियो। सुष्मिताले राहुललाई भिडियो कल गरेर करणको अवस्था पनि देखाएकी थिइन्। प्रहरीले दुवै आरोपितलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ।
कमेन्ट गर्नुहोस्
view comments