कांग्रेसका सात पूर्वपदाधिकारीहरूको बैठक चाक्सीबारीमा, महाधिवेशन केन्द्रमा
5 दिन पहिले प्रकाशित

काठमाडौं,श्रावण ५ गते । नेपाली कांग्रेसका सात जना पूर्वपदाधिकारीहरूबीच काठमाडौंको चाक्सीबारीमा महत्वपूर्ण बैठक बसेको छ। नेता प्रकाशमान सिंहको निवासमा सम्पन्न बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै रणनीति बनाउने विषयमा छलफल भएको हो।
बैठकमा सहभागी पूर्वपदाधिकारीहरूमा प्रकाशमान सिंह, विजय गच्छदार, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशशरण महत रहेका छन्। एक नेताका अनुसार, पार्टीको आगामी महाधिवेशनमा साझा भूमिका र रणनीति तय गर्न बैठक आयोजना गरिएको हो।
कमेन्ट गर्नुहोस्
view comments