पटना चन्दन मिश्रा हत्याकाण्डमा नयाँ CCTV फुटेज, छठौं शूटरको स्पष्ट अनुहार सार्वजनिक
8 दिन पहिले प्रकाशित

एजेन्सी, श्रावण ४ गते । बिहारको चर्चित चन्दन मिश्रा हत्याकाण्डमा संलग्न छठौं शूटरको स्पष्ट अनुहार देखिने नयाँ CCTV फुटेज सार्वजनिक भएको छ। कालो टी–शर्ट र जिन्स लगाएका ती युवक अस्पताल नजिक मोटरसाइकल पार्क गरेर हातमा हेलमेट र मास्क लिएर अन्य शूटरहरूसँग इशारामा संवाद गर्दै देखिन्छन्। फुटेजमा देखिएअनुसार उनी तौसीफसँग मिलेर हत्याको योजना बनाउँदै पुनः घटनास्थलमा फर्किएको देखिन्छ।
CCTV फुटेज अनुसार घटना राति ७ बजेदेखि ७:२५ बजेसम्मको बीचमा घटेको हो। तौसीफ र अन्य ५ शूटर मिलेर योजनाबद्ध ढंगले चन्दन मिश्रा हत्याको योजना बनाएको देखिएको छ। पटना प्रहरीले कोलकाता प्रहरीको सहयोगमा मुख्य अभियुक्त तौसीफ उर्फ बादशाहसहित ३ जनालाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार निशु खानको घरमै हत्याको योजना बनाइएको थियो भने थप संदिग्धहरूमाथि अनुसन्धान जारी रहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments