काठमाडौं,श्रावण ४ गते । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता तत्काल नवीकरण नगरी ‘पेन्डिङ’ मा राख्ने निर्णय गरेको छ। पोलिटब्युरो बैठकमा पार्टी विधानको धारा ८ र ९ लाई आधार मानेर सदस्यता नवीकरणको विषयमा गहन छलफल गरिएको प्रचार विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार, स्वेच्छाले पार्टी त्याग गरेर गएकाहरूको पुनः सदस्यता नवीकरणबारे विधानमा स्पष्ट प्रक्रिया रहेकाले सोहीअनुसार निर्णय गरिनेछ।
गौतमले स्वेच्छाले राजीनामा दिएर गएकाहरूका हकमा धारा ८ लागू हुने र यदि पार्टीले खटाएर गएकाहरू फर्कने भए धारा ९ सँग सम्बन्धित प्रक्रिया अपनाउनुपर्ने बताए। बैठकमा यी विषयमा विभिन्न कोणबाट छलफल भए पनि तत्काल कुनै ठोस निष्कर्ष ननिस्किएको उनले बताए। उनले भने, “पार्टीले उचित समयमा आवश्यक निर्णय लिन्छ।” यसबीच, विद्या भण्डारीले राष्ट्रपतिको जिम्मेवारी लिँदा पार्टी सदस्यता परित्याग गरेकी थिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments