प्रधानमन्त्री मोदीको बिहार र बंगाल भ्रमण, १२ हजार करोडभन्दा बढीका परियोजनाको उद्घाटन र शिलान्यास
18 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण २ गते । प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहार र पश्चिम बंगालको भ्रमणमा छन्। उनले बिहारको मोतिहारीमा ७२०० करोड रुपैयाँभन्दा बढी लागतका विभिन्न विकास परियोजनाको शिलान्यास र उद्घाटन गरेका छन्। साथै, दरभंगा जिल्लामा नयाँ सफ्टवेयर टेक्नोलोजी पार्क्स अफ इन्डिया (STPI) र पटना STPI मा अत्याधुनिक इनक्यूबेसन सुविधा उद्घाटन गरिएको छ। प्रधानमन्त्री मोदीले बिहारलाई चारवटा अमृत भारत ट्रेनको पनि उपहार दिएका छन्।
पश्चिम बंगालको दुर्गापुरमा प्रधानमन्त्री मोदीले ५००० करोड रुपैयाँभन्दा बढीका परियोजनाहरूको शिलान्यास र उद्घाटन गरेका छन्। ती परियोजनामा तेल र ग्यास, विद्युत्, सडक तथा रेलजस्ता पूर्वाधार क्षेत्र समावेश छन्। प्रधानमन्त्री मोदीको यो भ्रमण दुवै राज्यमा विकास योजनाहरूलाई गति दिने रणनीतिक कदमका रूपमा हेरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments