काठमाडौं, श्रावण २ गते । नेकपा (एमाले) सचिवालय बैठकले पार्टीको कार्यकारी कमिटीमा ७० वर्षे उमेरहद नराख्ने र अध्यक्षलगायत कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी उम्मेदवार बन्न नपाइने व्यवस्था हटाउने निर्णय अनुमोदन गरेको छ। उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावलाई बिहीबार अबेर रातिसम्म चलेको बैठकमा अनुमोदन गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। यससँगै आगामी विधान महाधिवेशनमा पनि उमेर तथा कार्यकालको सन्दर्भमा हालको व्यवस्था यथावत् राख्ने तयारी गरिएको छ।
यसअघि नवौं महाधिवेशनपछि एमालेले ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमा राखेको थियो। यद्यपि, माओवादीसँगको एकतापछि केही समय त्यो प्रावधान हटेको थियो भने दसौं महाधिवेशनपछि फेरि समावेश गरिएको थियो। २०८० जेठमा ७० वर्षे उमेरहद स्थगित गरेपछि केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गरिसकेको थियो। वरिष्ठ नेताहरूले विधान महाधिवेशनमा पारित प्रावधानलाई पछि संशोधन गरिएको भन्दै आलोचना गर्दै आएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments