भक्तपुर मालपोत कार्यालयका प्रमुख र सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार ३१ गते । भक्तपुर मालपोत कार्यालयका प्रमुख कुमार आचार्य २४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको सूचनाका आधारमा आचार्यलाई नियन्त्रणमा लिएको हो। साथै, कार्यालयमा कार्यरत सहयोगी टिकाराम राउतलाई पनि आयोगले पक्राउ गरेको छ।

जग्गासम्बन्धी कार्य प्रक्रियामा सेवाग्राहीसँग अवैध रकम मागेको उजुरीपछि आयोगको टोलीले छापा मार्दा दुवैलाई रंगेहात समातेको जनाइएको छ। अख्तियार स्रोतका अनुसार छानबिनका क्रममा घुस रकमसहित प्रमाण फेला परेको छ र अनुसन्धान थप अगाडि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?