अनुदान, बीमा, तालिमको अभावमा कुखुरा फर्म संचालकको अवस्था दिनानुदिन जरजर बन्दै

2 दिन पहिले प्रकाशित

संतोष कुमार मिश्रा

जनकपुरधाम, असार ३१ गते । नेपाल जस्तो कृषिप्रधान देशमा कुखुरा पालन कृषि प्रणालीको महत्वपूर्ण अङ्ग हो । कृषकहरूले आम्दानीको वैकल्पिक स्रोतका रूपमा कुखुरा पालनलाई अँगाल्न थालेका छन् । यद्यपि, कुखुरा पालन गर्दा विभिन्न समस्याहरू देखा पर्ने गरेका छन्, जसले व्यवसायलाई प्रभावित बनाएका छन् । कुखुरामा Ranikhet, Gumboro, Fowl Pox, Coryza आदि रोग लाग्ने सम्भावना बढी हुन्छ । उचित खोप तथा औषधिको अभावमा यस्ता रोगले कुखुराको मृत्युसम्म गराउँछ । जसले गर्दा कुखुरा पालन गर्ने व्यवसायीहरुलाई ठूलै क्षतिको सामना गर्नुपर्दछ । त्यती मात्रै नभई गुणस्तरीय चारा उपलब्ध नहुनु, बजारमा चारा महँगो हुनु वा नकक्ली चारा पाइने समस्या व्यापक छ । यसले गर्दा उत्पादन घटाउँछ र कुखुराको स्वास्थ्यमा समेत असर पु¥याउने र उत्पादन भएको कुखुरा वा अण्डा बिक्री गर्न बजार नपाइनु, दलालहरूको चलखेल, मूल्यमा अनिश्चितता र व्यापारीको भर पर्नुपर्ने अवस्था प्रमुख समस्या हुन् । धेरै कृषकहरूमा आधुनिक कुखुरा पालन प्रविधिको अभाव छ । तालिम नपाउनु, अनुभव नहुनु, बैंक वा गाउँघरबाट लिएको ऋणले गर्दा उत्पादन लागत बढी र नाफा कम हुने समस्या हुन्छ ।

शुरुवाती लागत धेरै लाग्ने, बैंकहरूबाट सजिलै ऋण नपाइने वा उच्च ब्याजदरका कारण साना कृषकहरू यो व्यवसायमा आउन डराउँछन् । नीति त बन्ने गर्छ तर कार्यान्वयन कमजोर हुन्छ । अनुदान, बीमा, तालिम जस्ता कार्यक्रमहरू वास्तविक कृषकले पाउन मुस्किल हुन्छ । कुखुरा पालनमा समस्या समाधान गर्न सरकार, निजी क्षेत्र र कृषकको सहकार्य आवश्यक छ । रोग नियन्त्रण, कुखुरा व्यवस्था, बजारमा पारदर्शिता र प्राविधिक तालिमको उचित व्यवस्थाले कुखुरा पालनलाई आर्थिकरूपमा समृद्ध व्यवसायमा रूपान्तरण गर्न राज्यले यस तर्फ गम्भिर हुनु पर्दछ । खुला सीमानाका कारण अवैध तरिकाबाट कुखुरा नेपाल भित्रिनु, राज्यबाट कुखुरा मासुको ठोस बजार व्यवस्थापन नहुनु जस्ता किसिमका समस्याले गर्दा कुखुरा पालन किसानहरुहरुको समस्या जटिल बन्दै गईरहेका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?