गर्मीमा तराई–मधेशमा पानीको संकट : स्थानीयको जीवन कष्टकर, स्वास्थ्यमा जोखिम

2 दिन पहिले प्रकाशित

संतोष कुमार मिश्रा

जनकपुरधाम, असार २९ गते । गर्मीको मौसम सुरु भएसँगै तराई–मधेशका गाउँ र शहरहरूमा पानीको समस्या झनै गम्भीर बन्दै गएको छ। विडम्बनापूर्ण तथ्य के छ भने, गर्मी बढ्दा पनि कतिपय ठाउँमा चापाकलहरूबाट पानी ननिस्कने अवस्था छ। यसले स्थानीय बासिन्दाहरूको दैनिक जीवन कष्टकर बनेको छ। स्वच्छ पानीको अभावले झाडापखाला, टाइफाइडजस्ता रोगहरू फैलने जोखिम बढेको छ, जसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। विशेषगरी महिला र बालबालिकाहरू यो समस्याबाट बढी प्रभावित छन्, किनभने उनीहरूले खानेपानीको खोजीमा लामो दूरी हिँड्नुपर्छ। साथै, यो समस्याले पशुपन्छी र चराचुरुङ्गीहरूलाई पनि असर पारेको छ।

गर्मीमा पानीको चरम अभाव तराई–मधेशका धेरै ठाउँमा देखिन्छ। यसको मुख्य कारण वर्षाको कमीले जमिनमुनिको पानीको सतह घट्नु हो। यो समस्याले धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही लगायतका जिल्लाका स्थानीय बासिन्दाहरूलाई प्रत्यक्ष प्रभावित गरेको छ।

यो समस्याको समाधानका लागि राज्यले प्रभावकारी विकल्पहरू खोज्नुपर्छ। खानेपानीको सहज उपलब्धता सुनिश्चित गर्न र दीर्घकालीन समाधानका लागि ठोस कदम चाल्नु आवश्यक छ, जसले स्थानीयको जीवन सहज बनाउनुका साथै स्वास्थ्य जोखिम र पर्यावरणीय असरलाई कम गर्न सकियोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?