मधेस प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण
1 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ३२ गते । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाबाट पारित भएका दुई महत्वपूर्ण आर्थिक विधेयक प्रमाणीकरण गरेकी छन्। नेपाल संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख भण्डारीले ‘मधेस प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चित कोषबाट रकम विनियोजन तथा खर्चसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’मा हस्ताक्षर गर्दै प्रमाणीकरण गरेकी हुन्।
यससँगै प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट कार्यान्वयनको वैधानिक प्रक्रिया पूरा गरेको छ। प्रमाणीकरणपछिका चरणहरू अनुसार अब प्रदेश सरकारले विनियोजित रकमलाई योजनागत र प्राथमिकताका आधारमा खर्च गर्न सक्नेछ।
कमेन्ट गर्नुहोस्
view comments