सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ३२ गते ।  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख रुपैयाँ घुस लिएको आरोपमा रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले बुधबार दिउँसो पौने २ बजे उनलाई नगरपालिका कार्यालयमै घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

मेयर साहले पूर्ण भुक्तानी प्रक्रियाका लागि एक उपभोक्ता समितिबाट घुस माग्दै लिइरहेको अवस्थामा पक्राउ परेको अख्तियार स्रोतले जनाएको छ। घटनास्थलमा हाल अख्तियारको टोलीले मुचुल्का तयार गर्दै आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?