छात्रालाई आपत्तिजनक सन्देश पठाउने शिक्षकलाई विद्यालयमै कुटपिट
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार २९ गते । रौतहटको गरूडा नगरपालिका–९ स्थित श्री मावि नयाँ गम्हरिया श्रीपुरका शिक्षक रविन्द्र प्रसाद साहले एसईई पास गरेकी आफ्नै छात्रालाई "Congratulation My Jaan, I love you" भन्दै पठाएको सन्देश सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। सो सन्देशप्रति आपत्ति जनाउँदै छात्राका परिवार र गाउँलेहरू विद्यालयमै पुगेर शिक्षक साहलाई कुटपिट गरेका हुन्। शिक्षक साह आम जनता पार्टीको भातृ संगठन आम महिला मोर्चाकी केन्द्रीय अध्यक्षको श्रीमान् रहेको खुलासा भएको छ। घटनापछि विद्यालय र समुदायमा तनावको स्थिति सिर्जना भएको छ भने स्थानीयले शिक्षकमाथि अनुशासन र नैतिकताविरोधी कार्यको कारबाही माग गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments