ऊर्जा ऐनबाट नआत्तिन आग्रह, आवश्यक परे संशोधन सम्भव : मन्त्री दीपक खड्का

2 दिन पहिले प्रकाशित

काठमाडौं, असार ३१ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा सम्बन्धी नयाँ ऐन ल्याउने विषयमा अनावश्यक डर र भ्रम फैलाउन नहुने बताएका छन्। काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २३औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री खड्काले ऊर्जा ऐन ल्याउनु गलत नभएको र आवश्यकता अनुसार संशोधन तथा परिमार्जन गर्दै अघि बढ्न सकिने स्पष्ट पारे। "ऐन ल्याउनै नहुने भन्ने धारणा सही होइन," उनले भने, "यदि संशोधन सम्भव छैन भने किन ल्याउने त ऐन?"

मन्त्री खड्काले आरसिओडी लगायतका प्राविधिक समस्याको समाधानका लागि समिति गठन भइसकेको जानकारी दिँदै, भूमि प्राप्तिमा देखिएको अवरोध कानुनी संशोधनमार्फत हल गरिने बताए। उनले २८ हजार ५ सय मेगावाटको रोडम्याप कार्यान्वयन गरिए लाखौँ नेपालीलाई स्वदेशमै रोजगारी दिन सकिने उल्लेख गरे। ऊर्जा क्षेत्रको विकास समयको माग भएकाले अलमल नगरी अघि बढ्नुपर्नेमा जोड दिँदै मन्त्री खड्काले सरकार निजी क्षेत्रसँग संवाद र सहकार्य गर्दै ऐन निर्माणमा तयार रहेको र ऊर्जा आयोजनाको आईपीओ रोक्न जरुरी नरहेको धारणा राखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?