मन्त्री राजकुमार गुप्ताको राजीनामा, घूस प्रकरणको निष्पक्ष छानबिनमा सहयोगको लागि निर्णय
2 दिन पहिले प्रकाशित

काठमाडौं, असार ३१ गते । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पदबाट राजीनामा दिएका छन्। उनले आफूविरुद्ध उठेका आरोपको निष्पक्ष छानबिनमा सहयोग पुगोस् भन्ने उद्देश्यले राजीनामा दिएको बताए। साथै, उनले अहिलेसम्म साथ दिने सबैलाई धन्यवाद व्यक्त गर्दै पार्टीले दिने आगामी जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाए।
गुप्ताविरुद्ध सञ्चारमाध्यम र सामाजिक सञ्जालमा लाखौँ रुपैयाँ घूस लिएको आरोपसहितको एक श्रव्य सामग्री सार्वजनिक भएको थियो। सो घटनाले चासो र विवाद उत्पन्न भएपछि उनले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिएको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments