राष्ट्रपति पौडेलद्वारा इला शर्माप्रति श्रद्धाञ्जली, योगदानको स्मरण
4 दिन पहिले प्रकाशित

काठमाडौं, असार २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगकी पूर्वआयुक्त तथा वरिष्ठ पत्रकार इला शर्माको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। शनिबार हृदयघातका कारण निधन भएकी शर्माले पत्रकारिता र निर्वाचन प्रणाली सुधारमा पुर्याएको योगदान उल्लेखनीय रहेको राष्ट्रपति सचिवालयले जनाएको छ।
राष्ट्रपतिले शर्माले निर्वाचन आयुक्तका रूपमा कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय समितिको नेतृत्व गर्दै खेलेको भूमिकाको स्मरण गर्दै उनको योगदान नेपाली समाजका लागि प्रेरणादायी रहेको उल्लेख गरेका छन्। उनले शर्माको आत्माको चिरशान्तिको कामना गर्दै शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments