प्रधानमन्त्री ओलीको सुझाव: “आलोचना होइन, विश्लेषण र रचनात्मक सुझाव आवश्यक”
7 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अहिले आलोचनात्मक चेतले आक्रान्त भइसकेको भन्दै अब विश्लेषणात्मक सोच र रचनात्मक सुझाव आवश्यक रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै उनले जुनसुकै विषयमा निरन्तर आलोचना गर्नुको सट्टा समस्याको समाधान खोज्ने दृष्टिकोण विकास गर्नुपर्ने बताए। ‘केही कमजोरी देखियो भने आलोचना होइन, त्यसको विश्लेषणसहित समाधानको मार्ग देखाउन जरुरी छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले जनसंख्या सन्तुलन र जीवनस्तर सुधारका लागि समयमै विवाह र सन्तानको व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले २० वर्षपछि मात्र विवाह गरी प्रजनन क्षमताको उपयुक्त समयमा सन्तान जन्माउन युवाहरुलाई प्रेरित गर्नुपर्ने धारणा राखे। यस्तो अभ्यासले परिवारको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र दीर्घकालीन सामाजिक सन्तुलन कायम राख्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।
कमेन्ट गर्नुहोस्
view comments