बागलुङमा बाढीले कालुङखोला जलविद्युत आयोजना बगायो, विद्युतगृह र पुलमा पूर्ण क्षति
6 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार २५ गते । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–९ स्थित कालुङखोला जलविद्युत आयोजना बाढीले बगाएको छ। बुधबार आएको अविरल वर्षासँगै खोलामा आएको बाढीले आयोजना पूर्ण रूपमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ।
प्रहरीका अनुसार बाढीले आयोजनाको विद्युतगृहसहित तीनवटा झोलुङ्गे पुलमा पूर्ण क्षति पुर्याएको छ। यस घटनाबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको जनाइएको छ।बाढीले एउटा गोरू बगाएको पुष्टि भएको छ भने घटनास्थल आसपास रहेका करिब १० वटा घर उच्च जोखिममा परेका छन्। स्थानीयलाई तत्कालै सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। यद्यपि, हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। सुरक्षाका लागि क्षेत्रको निगरानी बढाइएको बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments