काठमाडौं, असार २४ गते । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र आत्मविश्वास जगाउने नागरिकलाई सम्मान गर्ने वातावरण नबनेसम्म युवाहरू विदेशिन बाध्य हुने अवस्था कायम रहने बताएका छन्। खाडी मुलुकहरूको भ्रमणका क्रममा कतारको दोहामा नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले रेमिट्यान्समार्फत अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकलाई राज्यले अपेक्षित सम्मान नदिएकोमा चिन्ता व्यक्त गरे।
कार्यक्रममा 'उज्यालो अभियान'बारे जानकारी दिँदै घिसिङले उक्त अभियान केवल विद्युत सेवा सुदृढीकरणका लागि नभई सुशासन, सेवा प्रवाह, सामाजिक न्याय र आर्थिक समृद्धि हासिल गर्ने समग्र परिवर्तनको अभियान भएको बताए। उनीमाथि कतार र बहराइनमा रहेका नेपाली समुदायले लोडसेडिङ अन्त्य लगायत उर्जा क्षेत्रमा पुर्याएको योगदानका लागि विशेष सम्मान गरेका थिए। कार्यक्रममा विविध सांस्कृतिक झाँकीहरू पनि प्रस्तुत गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments