रसुवागढी भन्सारमा बाढीले व्यापक क्षति, भन्सार संरचना दस वर्षअघिको अवस्थामा फर्कियो

6 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार २४ गते । रसुवा भन्सार कार्यालयका अधिकृत रवीन्द्र प्याकुरेलले भोटेकोशी नदीमा चीनतर्फबाट आएको बाढीले रसुवागढी भन्सारमा ठूलो क्षति पुर्‍याएको बताएका छन्। बाढीका कारण दर्जनौं गाडी र भन्सार यार्डमा रहेका सामान बगाएको उनले जानकारी दिए। बाढीको पूर्वसूचना आएपछि गाडीहरू सुरक्षित स्थानमा सार्न खोजिए पनि धेरै गाडी खोला पस्दा बगाएको र हालको अवस्थाले भन्सारलाई दस वर्षअघिको अवस्थामा फर्काएको उनले बताए।

भन्सार नजिकै बनाइएको बन्दरगाह, निर्माणाधीन ड्राइपोर्ट र जाँच पास नपुगेका गाडीहरू समेत पूर्ण रूपमा नष्ट भएको प्याकुरेलले बताए। उनका अनुसार मितेरी पुलमा काम गरिरहेका मजदुरहरू समेत बाढीका कारण फसेका थिए। सूचना पाउँदा सुरक्षाका प्रयास भए पनि बाढीको तीव्रताले ठूलो क्षति भएको हो। निर्माणाधीन संरचना र उपकरणसमेत बगाउँदा भन्सार सञ्चालनमा चुनौती थपिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?