नेपाली कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण, ९ महत्वपूर्ण बुँदामा चासो
7 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार २४ गते । सत्ता साझेदार दल नेपाली कांग्रेसले समसामयिक जनसरोकारका नौ महत्वपूर्ण विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। पार्टीको असार १६ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले कृषि, शिक्षा, उद्योग, स्वास्थ्य, विपद् व्यवस्थापन, सहकारी संकट लगायतका क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न सरकारलाई आग्रह गरेको हो। कांग्रेसले एमालेसँग भएको सात बुँदे सहमति प्रति प्रतिबद्धता दोहोर्याउँदै सरकारको स्थायित्वका लागि प्रभावकारी कार्यशैली आवश्यक रहेको स्पष्ट पारेको छ।
ध्यानाकर्षण गराइएका प्रमुख मुद्दाहरूमा रासायनिक मल र बीउको सहज आपूर्तिबाट खाद्य आत्मनिर्भरता, विषादीको नियन्त्रण, उद्योग-व्यापारमैत्री नीति, सुनचाँदी कारोबारको नियमन, प्राकृतिक विपद्मा प्रभावकारी पूर्वतयारी, एसईईको नतिजा सुधारको निरन्तरता, चिकित्सक आन्दोलनको सम्बोधन, तराई-मधेशको खडेरी संकट समाधान, ऊखु किसान भुक्तानी र सहकारी ठगीबाट जोगिएका बचतकर्ताको रकम फिर्ता सुनिश्चितता लगायत विषय समावेश छन्। कांग्रेसले यी सबै क्षेत्रमा तत्काल नीति तथा संरचनागत सुधार गर्दै सरकार गम्भीर बन्नुपर्ने माग समेत अघि सारेको छ।
कमेन्ट गर्नुहोस्
view comments