जसपाले सरकारलाई दिएको समर्थन बुधबार फिर्ता गर्ने तयारी

6 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार २४ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिन बुधबार संसदीय दलको बैठक बोलाएको छ। असार ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरिसकेको भए पनि संसदीय दलको बैठक नबसेका कारण औपचारिक प्रक्रिया टुंगो लागेको थिएन।

अब जसपा नेपालका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले बुधबारका लागि बैठक आह्वान गरेका छन्, जसमा समर्थन फिर्ता गर्ने निर्णय औपचारिक रूपमै पारित गरिने तयारी भएको एक नेताले जनाएका छन्। पार्टीकी प्रमुख सचेतक रेखा यादवले पनि बैठकबाट आवश्यक निर्णय लिने पुष्टि गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?