सर्वोच्चमा तीन नयाँ न्यायाधीशले इजलास सम्हाले, सुनुवाइ शुरू

6 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार २४ गते । सर्वोच्च अदालतमा नियुक्त भएका तीन नयाँ न्यायाधीशले मंगलबारदेखि इजलास सम्हाल्दै मुद्दा सुनुवाइको काम प्रारम्भ गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार नियुक्त भएका न्यायाधीश श्रीकान्त पौडेल, शान्तिसिंह थापा र मेघराज पोखरेलले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष शपथ लिएर आजबाट कार्यभार सम्हालेका हुन्।

गोलाप्रथाअनुसार मंगलबार सर्वोच्च अदालतमा १० वटा इजलास गठन गरी २९४ वटा मुद्दाको पेसी तोकिएको थियो। तीनै जना न्यायाधीशले आ–आफ्नो संयुक्त इजलासमा सुनुवाइ गरेका छन्। पहिलो दिन न्यायाधीश पौडेलले मनोजकुमार शर्मासँग चार नम्बर इजलासमा २४ मुद्दा, थापाले कुमार चुडालसँग पाँच नम्बर इजलासमा ३० मुद्दा, र पोखरेलले विनोद शर्मासँग आठ नम्बर इजलासमा २८ मुद्दाको सुनुवाइ गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?