६० वर्षीय फूपाको प्रेममा परेकी २७ वर्षीया महिलाले विवाहको एक महिनापछि श्रीमानको हत्या गराइन्

12 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार २२ गते । बिहारको औरंगाबादमा एक दर्दनाक घटना सार्वजनिक भएको छ, जहाँ २७ वर्षीया महिलाले आफ्नै श्रीमानको हत्या गराएकी छिन्। घटनाको जड भने विवाहको मण्डपमै गाढिएको थियो। महिलाले आफ्नो ६० वर्षीय फूपासँग प्रेम सम्बन्ध राख्दै आएकी थिइन् र विवाह भएको एक महिनापछि उनले सुपारी किलर मार्फत श्रीमानको हत्या गराइन्।

२१ मेमा २७ वर्षीय प्रियांशु उर्फ छोटू र गुंजाको विवाह भएको थियो। तर, विवाह समारोहकै क्रममा गुंजाले श्रीमानको हत्या गर्ने योजना बनाएकी थिइन्। विवाहपछि पनि उनी निरन्तर आफ्ना फूपा जीवन सिंहसँग सम्पर्कमा रहिन्। जीवन सिंह झारखण्डका ठूला बस व्यवसायी हुन्।

२४ जुनका दिन नवीनगर थाना क्षेत्रको लेबोखाप गाउँ नजिकै, प्रियांशुलाई गोली हानी हत्या गरियो। हत्या गर्न झारखण्डबाट बोलाइएका दुई शूटर— जयशंकर चौबे र मुकेश शर्मा—ले प्रियांशुलाई चार राउन्ड गोली प्रहार गरेका थिए। उपचारको क्रममा उनको मृत्यु भयो।

२ जुलाईमा पुलिसले आरोपी पत्नी गुंजा सिंहलाई पक्राउ गर्‍यो। उनले अपराध स्वीकार गरेकी छन्। भने, उनका फूपा जीवन सिंह फरार छन्। अनुसन्धानमा खुलेको छ कि गुंजा बचपनदेखि नै फूपाको घरमा बस्दै आएकी थिइन् र उनीहरूबीच गहिरो सम्बन्ध बनेको थियो। बुआलाई भने कहिल्यै शंका लागेको थिएन।

गुंजाले प्रहरीलाई दिएको बयानमा भनिन्, “मलाई जबरजस्ती प्रियांशुसँग विवाह गराइएको थियो। वरमालाकै समयमा मैले मनमनै निणर्य गरेँ कि श्रीमानको हत्या गराएर फूपासँग जीवन बिताउनेछु।” उनका अनुसार प्रियांशुसँग ५०–६० बिगाहा जमिन थियो।

घटनाको दिन, जब प्रियांशु बीनगर रोड रेलवे स्टेशनतिर जाँदै थिए, उनले गुंजालाई फोन गरेर जानकारी दिएका थिए। गाउँका दुई युवक उनलाई लिन गएका थिए। तर बाटोमै शूटरहरूले गाडी रोक्दै गोली प्रहार गरेका थिए।

यस घटनाले समग्र राज्यमा सनसनी फैलिएको छ। प्रहरीले हालसम्म तीन जनालाई पक्राउ गरिसकेको छ र फरार जीवन सिंहको खोजी जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?