"राजर्षि जनक विश्वविद्यालयमा एमालेको अवरोध छैन: रघुवीर महासेठ"

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २२ गते । नेकपा एमालेका सचिव तथा धनुषा क्षेत्र नम्बर ४ का सांसद रघुवीर महासेठले राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माणमा आफूहरूले अवरोध नगरेको स्पष्ट पारेका छन्। जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले लगाएको आरोप निराधार रहेको बताए। महासेठले निधिलाई जनतालाई भ्रमित गर्ने खालका खुरापाती आरोप नगर्न आग्रह गर्दै विश्वविद्यालय स्थापनामा पनि निधिको प्रमुख भूमिका नरहेको जिकिर गरे। उनका अनुसार विश्वविद्यालयको स्थापना स्वर्गीय प्रदीप नेपाल शिक्षामन्त्री रहेका बेला आफ्नै नेतृत्वमा पहल भएर सम्भव भएको हो।

अर्का प्रसंगमा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा सक्रिय भएपछि कुनै राजनीतिक हलचल नदेखिएको प्रस्ट्याए। भण्डारीको पुनः सक्रियता संविधानसम्मत रहेको र एमाले अध्यक्षकै सहमतिमा भएको उल्लेख गर्दै, उनले यसबारे अनावश्यक टिप्पणी आवश्यक नरहेको धारणा व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?