हरिशयनी एकादशीबाट सुरु भयो तुलसी पूजा, चार महिनासम्म विष्णु आराधना
15 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार २२ गते । आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा घरघरमा तुलसीको बिरुवा मोठमा सारेर चार महिनासम्म चल्ने विशेष पूजा आराधना सुरु भएको छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानेर आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चतुर्मास अवधिमा विशेष पूजा गरिन्छ। धर्मशास्त्र अनुसार यस अवधिमा भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिन्छ। भक्तजनले व्रत बस्दै रोटी, ढिँडो, फलफूलजस्ता फलाहार गरी श्रद्धापूर्वक पूजा गर्छन्।
काठमाडौंको बूढानीलकण्ठ, चार नारायण मन्दिरहरू लगायत देशभरका विष्णु मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ। वैज्ञानिक रूपमा पनि तुलसी शुद्ध अक्सिजन प्रदान गर्ने बिरुवा हो, जुन रोग प्रतिरोध र वातावरण शुद्धीकरणमा उपयोगी मानिन्छ। चतुर्मास व्रतको समापन कार्तिक शुक्ल एकादशीमा तुलसी र दामोदरको विवाह तथा अग्निस्थापनासहितको हवन गरेर गरिन्छ, जुन वैदिक विधिअनुसार महत्वपूर्ण धार्मिक परम्परा हो।
कमेन्ट गर्नुहोस्
view comments