पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीको राजीनामा, सरकारबाट नागरिक उन्मुक्ति पार्टीको बहिर्गमन
18 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा दिन लागेका छन्। नागरिक उन्मुक्ति पार्टीले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि मन्त्री चौधरी आज प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाउने तयारीमा छन्।
पार्टीको संसदीय दलको नेतृ रञ्जिता श्रेष्ठको अध्यक्षतामा हिजो बसेको बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै मन्त्री चौधरी सरकारबाट बाहिरिने निर्णयमा पुगेका हुन्। यससँगै नागरिक उन्मुक्ति पार्टी औपचारिक रूपमा सत्ता गठबन्धनबाट बाहिरिने भएको छ।
कमेन्ट गर्नुहोस्
view comments