राष्ट्रियसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

11 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार २० गते । शुक्रबार बसेको राष्ट्रियसभा बैठकले चालू आर्थिक वर्षका लागि महत्वपूर्ण दुई बजेटसम्बन्धी विधेयक—आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२—पारित गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त यी विधेयकहरूलाई कुनै संशोधनबिना पारित गर्न प्रस्ताव गरेका थिए, जसलाई सभाले बहुमतले अनुमोदन गर्दै प्रतिनिधिसभामा फिर्ता पठाएको हो।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले सुन कारोबारलाई पारदर्शी बनाउन र अन्तर्राष्ट्रिय समुदायको चासो सम्बोधन गर्न सुनका गहनामा विलासी कर लगाइएको जानकारी दिए। साथै, नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न आवश्यक नीतिगत तथा कानुनी सुधार भइरहेको पनि उनले बताए। राष्ट्रियसभाको अर्को बैठक असार २४ गते मंगलबारका लागि तय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?