मकवानपुरमा मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

17 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार २० गते । मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ। बिहीबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्तीरोडको सडक खण्डमा बुद्धचोकबाट थानाभर्‍याङतर्फ जाँदै गरेको झा सवार ना ४३ प ४५१५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो।

धनुषाको जनकपुर–४ स्थायी घर भएका ४५ वर्षीय झालाई गम्भीर अवस्थामा हेटौँडा अस्पताल लगिएको थियो जहाँ राति ११ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। हाल हेटौँडा उपमहानगरपालिका–११ मा बस्दै आएका झा लामो समयदेखि कालिका माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत रहनुभएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?