काठमाडौं, असार १९ गते । झापाको बिर्तामोड–७ फक्तालुङमा आज बिहान हात्तीको आक्रमणबाट ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको छ। शौचालय जान घरको आँगनमा निस्किँदा उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो।
जिल्ला प्रहरी कार्यालय झापाका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, आक्रमणबाट लिम्बूको घटनास्थलमै मृत्यु भएको हो। वन क्षेत्र नजिक रहेका बस्तीमा जंगली जनावरको आवतजावत बढेपछि स्थानीयवासीमा त्रास फैलिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments