झापामा दुई किशोरको शंकास्पद मृत्यु, साथीसँगको झगडाबाट घाइते भएका थिए

12 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार १९ गते । झापाको शिवसताक्षी नगरपालिका–९ मा दुई किशोरको शंकास्पद मृत्यु भएपछि प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेको छ। १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङ एक साताअघि साथीसँगको झगडामा घाइते भएका थिए भने उपचारका क्रममा क्रमशः शनिबार र बुधबार ज्यान गुमाएका हुन्। दुबै जनाले झगडा र कुटपिटको विषयमा परिवारलाई केही नबताएको जनाइएको छ।

घटनाबारे उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेको संयुक्त टोलीले अनुसन्धान सुरु गरेको हो। कुटपिटमा संलग्न रहेको आशंकामा १६ वर्षभन्दा कम उमेरका ६ जनालाई पक्राउ गरिएको छ। प्रहरी प्रमुख राजन लिम्बुका अनुसार पक्राउ परेकाहरूमाथि बयान लिने र अन्य प्रमाण संकलनको काम भइरहेको छ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?