पूर्व संविधानसभा सदस्य रामअयोध्या यादवको निधन
19 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार १८ गते । पूर्व संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ। लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित यादवको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा बुधबार बिहान निधन भएको हो। उहाँका छोरा डा. जितेन्द्र यादवले राष्ट्रपाटी समाचार समितिलाई मृत्युको जानकारी दिएका हुन्।
बारा जिल्ला सुवर्ण गाउँपालिका–२ स्थित कवहीजगात निवासी यादव २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बारा क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए। उहाँले राजनीतिक जीवनमा लामो समयसम्म योगदान दिनुभएको थियो। उहाँका दुई छोरा, दुई छोरी र श्रीमती छन्।
कमेन्ट गर्नुहोस्
view comments