आर्केस्ट्राको नाममा चलाइएको यौन व्यापार पर्दाफास, मुख्य आरोपी विशाल तीन वर्षपछि पक्राउ
23 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार १६ गते । बिहारको सीतामढी जिल्लामा आर्केस्ट्रा कार्यक्रमको नाममा देह व्यापार संचालन गर्ने एक मुख्य आरोपी विशाल कुमारलाई प्रहरीले तीन वर्षपछि मुजफ्फरपुरबाट पक्राउ गरेको छ। डुमरा थानाको मुरादपुर गाउँ निवासी विशाल लामो समयदेखि फरार थिए। उनी प्रहरीको निगरानीबाट जोगिन बारम्बार स्थान परिवर्तन गर्दै आएका थिए।
प्रहरीले २४ अगस्ट २०२२ मा डुमरा क्षेत्रमै भएको एक आर्केस्ट्रा कार्यक्रममा छापा मारी देह व्यापारको रैकेट पत्ता लगाएको थियो। उक्त कार्यक्रममा नाबालिग युवतीहरूलाई जबरजस्ती यौन व्यवसायमा लगाइएको खुलासा भएको थियो। यसै मुद्दामा विशाल कुमार मुख्य योजनाकारको रूपमा पहिचान भएका थिए तर उनी त्यतिबेलादेखि फरार थिए। डुमरा प्रहरीका एसआई अर्जुन प्रसादको टोलीले उनलाई मुजफ्फरपुरको कम्पनीबाग रोडस्थित योगिया मठबाट पक्राउ गरेको हो।
यसअघि प्रहरीले यही मुद्दामा सुरसंडकी चाँदनी देवी र उनका पति रवि कुमारलाई पनि पक्राउ गरिसकेको छ। उनीहरू सीतामढी शहरको बसवरिया नवल रायको घरबाट पक्राउ परेका थिए। प्रहरीले त्यहाँबाट दुई नाबालिगसहित १० युवती र १० युवकलाई नियन्त्रणमा लिएको थियो। चाँदनीले प्रहरी समक्ष आर्केस्ट्रा देखाएर गाना-बजाना कार्यक्रम गर्ने र त्यसकै आडमा ग्राहकलाई युवतीहरूको यौन सेवा उपलब्ध गराउने गरेको स्वीकार गरेकी थिइन्।
सन् २०२२ मा विशाल कुमारको जन्मदिनको अवसरमा मुरादपुरमा आयोजना गरिएको आर्केस्ट्रा कार्यक्रममा प्रहरीले छापा मारेको थियो। गस्तीमा रहेकी एसआई स्नेहा कुमारीलाई शंका लागेपछि उनले उच्च अधिकारीलाई खबर गरेकी थिइन्। त्यसपछि प्रहरीले दुई युवती र दुई युवकलाई त्यहीँबाट नियन्त्रणमा लिई आपत्तिजनक सामग्री पनि बरामद गरेको थियो।
विशेष कुरा के छ भने, ग्राहकको माग अनुसार नाबालिग बालिकाहरूसमेत पठाइन्थ्यो र यसबापत गिरोहले ठुलो रकम लिने गरेको खुलेको छ। प्रहरीले अहिले विशाल कुमारलाई डुमरा ल्याएर सोधपुछ गरिरहेको छ र यस काण्डमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि तीव्र पारेको छ।
कमेन्ट गर्नुहोस्
view comments