काठमाडौं, असार १६ गते । संघीय निजामती सेवा सम्बन्धी विधेयक आइतबार प्रतिनिधि सभाबाट पारित भएको छ। नयाँ कानूनी व्यवस्थाले निजामती कर्मचारीको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको छ, जसअनुसार अब कुनै पनि कर्मचारीले सार्वजनिक पदाधिकारी, राजनीतिक दल वा नेताको पक्ष वा विपक्षमा विद्युतीय माध्यममार्फत टिप्पणी गर्न नपाउने व्यवस्था गरिएको छ।
विधेयकको दफा ८९ मा सामाजिक द्वेष, हिंसा वा कलह बढाउने खालका गतिविधि गर्न रोक लगाइएको छ। त्यसैगरी यातना, यौन दुर्व्यवहार, हडताल, कलमबन्द र तालाबन्दी जस्ता गतिविधिहरूमा पनि प्रतिवन्ध लगाइएको छ, जसले निजामती सेवाको मर्यादा कायम राख्नेतर्फ कानुनी कदमलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments