काठमाडौं, असार १५ गते । सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चतरा–कान्छीचोक सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोकिँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। को३३प ९६०५ नम्बरको मोटरसाइकल चतरा–कान्छीचोकबाट कालाबन्जारतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा इनर्चन चौधरी (३४) र उनका नौ वर्षीय छोरा प्रनिषको मृत्यु भएको हो भने अर्का मोटरसाइकल चालक बिन्दु यादव (५१) को पनि उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। गम्भीर घाइते भएका चौधरीकी पत्नी प्रतीक्षा (३२) र इटहरी–७ निवासी रमेश चौधरी (३६) को धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments