धानखेतीका लागि सिँचाइ विस्तारमा ध्यान दिनु जरुरी : राष्ट्रपति पौडेल

2 दिन पहिले प्रकाशित

काठमाडौं, असार १५ गते । राष्ट्रिय धान दिवस २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा धानखेती योग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न राज्यको प्राथमिकता आवश्यक रहेको बताएका छन्। उनले धान खेतीलाई नेपाली समाज र जीवनसँग अभिन्न रूपमा जोडिएको बताउँदै, खाद्य अधिकारलाई सुनिश्चित गर्न यसको प्रवर्द्धन अपरिहार्य रहेको उल्लेख गरे। उनका अनुसार नेपाल कृषि प्रधान देश भएकाले यहाँका अधिकांश जनताको प्रमुख खाद्यान्न बाली धान भएकाले यसको उत्पादनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण धान खेतीमा परेको नकारात्मक असर न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला निकायहरूबीच समन्वय आवश्यक रहेको औंल्याए। उनका अनुसार नेपालमा अझै पनि पर्याप्त सिँचाइको अभाव रहेको हुँदा वर्षामा निर्भर भएर धान उत्पादन घटबढ हुने गरेको तथ्यले सिँचाइ पूर्वाधार विकासको खाँचो झनै स्पष्ट बनाएको छ। धान खेतीको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय महत्त्व रहेकाले यसमा लगानी बढाउनुपर्ने उनको जोड छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?