काठमाडौं, असार १२ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणको बुधबार बसेको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ। जानकारी अनुसार त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलालाई पोखरा विमानस्थलको महाप्रबन्धकको रूपमा सरुवा गरिएको छ। उनी सँगसँगै प्राधिकरणका प्रवक्ता रहेका हंसराज पाण्डेलाई त्रिभुवन विमानस्थलको नयाँ महाप्रबन्धकको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, पोखरा विमानस्थलका वर्तमान महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा सरुवा गरिएको छ। यो हेरफेरलाई प्राधिकरणले संस्थागत कार्यक्षमता र व्यवस्थापन सुदृढीकरणको दृष्टिले अघि बढाएको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments