काठमाडौं,असार ११ गते । चितवनको राप्ती नगरपालिका–४ मा घरायसी विवादका कारण एक दम्पतीले भिरबाट हाम फालेको घटनामा श्रीमतीको ज्यान गएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार ४२ वर्षीया कुमारी प्रजाले श्रीमान्सँग विवादपछि घरनजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन्।
उक्त घटनापछि उनका श्रीमान् लीलाबहादुर प्रजाले पनि भिरबाट हाम फालेका थिए। कुमारीको घटनास्थलमै मृत्यु भएको छ भने लीलाबहादुर गम्भीर घाइते अवस्थामा भरतपुर अस्पतालमा उपचाररत छन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments