'द ग्रेट इन्डियन कपिल शो' बाट कपिल शर्माले कमाए १९५ करोड! एक एपिसोडकै ५ करोड पारिश्रमिक
2 महीना पहिले प्रकाशित

एजेन्सी, असार १० गते । भारतका चर्चित हास्य कलाकार कपिल शर्माले नेटफ्लिक्सको ‘द ग्रेट इन्डियन कपिल शो’ (TGIKS) को तेस्रो सिजनसँगै धमाकेदार कमब्याक गरेका छन्। पहिलो एपिसोडमा सलमान खान सहभागी भए भने नवजोत सिंह सिद्धू पनि पुनः शोमा देखिएका छन्। यतिबेला सबैभन्दा ठूलो चर्चा कपिल शर्माको पारिश्रमिकको विषयमा भइरहेको छ।
'द सियासत डेली' को रिपोर्टअनुसार, कपिलले TGIKS को तेस्रो सिजनका प्रत्येक एपिसोडका लागि ५ करोड रुपैयाँ लिएका छन्। यसअघि पनि उनले पहिलो र दोस्रो सिजनमा यति नै पारिश्रमिक लिएका थिए। पहिलो सिजनमा १३ एपिसोडबाट उनले ६५ करोड, दोस्रो सिजनबाट पनि ६५ करोड र तेस्रो सिजनबाट सम्भावित ६५ करोड, गरी तीन सिजनबाट कपिल शर्माले कुल १९५ करोड रुपैयाँ कमाएका छन्।
कपिलको पहिलो कमाइ जम्मा ५०० रुपैयाँ थियो भने अहिले उनको अनुमानित नेट वर्थ ३०० करोड रुपैयाँ पुगेको छ। उनीसँग मुम्बई र अमृतसरमा महँगा घर र करोडौं मूल्यका गाडीहरू छन्। PCO मा काम गर्ने दिनदेखि लिएर देशकै सबैभन्दा लोकप्रिय र महँगा कमेडियन बन्ने यात्रा कपिलका लागि संघर्षपूर्ण भए पनि प्रेरणादायी रह्यो।
कमेन्ट गर्नुहोस्
view comments