ड्रग्स काण्डमा तमिल अभिनेता श्रीकान्त पक्राउ, ७ जुलाईसम्म न्यायिक हिरासतमा
7 दिन पहिले प्रकाशित

एजेन्सी, असार १० गते । तमिल र तेलुगु फिल्मका चर्चित अभिनेता श्रीकान्तलाई चेन्नई प्रहरीले लागुऔषध प्रकरणमा पक्राउ गरेको छ। प्रहरीले श्रीकान्तमाथि कोकीन खरिद र सेवन गरेको आरोप लगाएको छ। उनलाई सोमबार ७ जुलाईसम्मका लागि न्यायिक हिरासतमा पठाइएको छ। प्रहरीले नुंगमबक्कम इलाकाबाट श्रीकान्तलाई पक्राउ गरी ८ घण्टासम्म सोधपुछ गरेको थियो।
प्रहरी अनुसन्धान अनुसार, श्रीकान्त हालै पक्राउ परेका तीन ड्रग अपराधीसँग निरन्तर सम्पर्कमा थिए। 'द हिन्दू'का अनुसार, प्रहरीले श्रीकान्तले लागुऔषध किन्ने र सेवन गर्ने गरेको पुष्टि गरेको छ। उनीसँगको सम्बन्धमा अनुसन्धान जारी छ। श्रीकान्तले २००२ मा तमिल फिल्म ‘रोजा कूटम’ बाट आफ्नो करियर सुरु गरेका थिए र उनले ‘३ इडियट्स’को तमिल संस्करणसहित थुप्रै सफल चलचित्रमा काम गरिसकेका छन्।
कमेन्ट गर्नुहोस्
view comments