सरकारी विद्यालयमा २४ छात्रामाथि यौन उत्पीडन, शिक्षक पक्राउ
8 दिन पहिले प्रकाशित

एजेन्सी, असार ९ गते । हिमाचल प्रदेशको सिरमौर जिल्लास्थित एक सरकारी विद्यालयमा २४ छात्रामाथि यौन उत्पीडनको घटना सार्वजनिक भएको छ। विद्यालयकै एक शिक्षकले आठौंदेखि दशौं कक्षामा अध्ययनरत छात्राहरूमाथि बारम्बार अनुचित रूपमा छोएको आरोप लागेको छ। पीडित छात्राहरूले शुक्रबार विद्यालयका प्रधानाध्यापकलाई लिखित उजुरी दिएकी थिइन्। उजुरी प्राप्त भएपछि विद्यालय प्रशासनले तुरुन्तै प्रहरीलाई खबर गरेको थियो ।
विद्यालय प्रशासनका अनुसार, उजुरीलाई विद्यालयको यौन उत्पीडन विरोधी समितिमा पठाइएको थियो। त्यसपछि शनिबार पीडित छात्राहरूका अभिभावकलाई विद्यालयमा बोलाइएको थियो। सो बैठकमा अधिकांश अभिभावकहरू आफ्ना छोरीहरूमाथि भइरहेको उत्पीडनको बारेमा अनविज्ञ रहेको पाइएको थियो।
प्रहरीले आरोपी शिक्षकलाई पक्राउ गरिसकेको छ। शिक्षकविरुद्ध भारतीय न्याय संहिता (Bharatiya Nyaya Sanhita) को धारा ७५ (यौन उत्पीडन) र बालबालिकालाई यौन अपराधबाट संरक्षण गर्ने (POCSO) ऐनका सम्बन्धित दफाहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
कमेन्ट गर्नुहोस्
view comments