एक महिनामै वैवाहिक हत्या: दुलहीले चौथो प्रयासमा पतिलाई विष खुवाएर मारिन्
8 दिन पहिले प्रकाशित

एजेन्सी, असार ९ गते । छत्तीसगढ़को बलरामपुर जिल्लामा एक डरलाग्दो घटना सार्वजनिक भएको छ, जहाँ विवाह भएको एक महिनामै २२ वर्षीय बुद्नाथलाई उनकी पत्नी सुनिताले विष हालिएको खाना खुवाएर हत्या गरिन्। ११ मेमा विवाह भएकी सुनिता श्रीमान् मन नपरेको भन्दै विवाहपछिको केही समयमै माइती गएकी थिइन्। पंचायतको दबाबमा ससुराल फर्किएपछि पनि उनी श्रीमान्सँग बस्न चाहन्नथिन्। उनी विवाहको केही दिनपछि नै श्रीमान्लाई मार्ने योजना बनाउन थालिसकेकी थिइन्। उनले यसअघि पनि तीनपटक हत्या गर्ने प्रयास गरेकी थिइन्, तर असफल भएकी थिइन्। चौथोचोटि भने उनले बजारबाट कीटनाशक औषधी किनेर चिकन भातमा मिसाइन् र श्रीमान्लाई खुवाइन्, जसबाट उनको मृत्यु भयो।
मृतकको आमाले दिएको उजुरीको आधारमा प्रहरीले सुनितालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले अपराध स्वीकार गरिन्। घटना झारखण्डको रंका थाना क्षेत्रअन्तर्गत बाहोकुदर गाउँसँग सम्बन्धित हो। बुद्नाथ खाना खाएर सुतेपछि कहिल्यै नउठेको भन्दै परिवारजनले शंका व्यक्त गरेका थिए। रंका प्रहरीले घटनाको अनुसन्धानपछि सुनितालाई गिरफ्तार गरी जेल पठाएको छ।
कमेन्ट गर्नुहोस्
view comments